भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर : किशोर सुरक्षामा जोड

किशोर युजरका लागि सुरक्षित इन्टरनेट : अभिभावकले सिधै कन्ट्रोल गर्न सक्ने सुविधा सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सामाजिक सञ्जाल टिकटकले नेपालमा आफ्ना किशोर प्रयोगकर्ताहरूका लागि सुरक्षित अनलाइन अनुभव प्रवद्र्धन गर्न ‘फ्यामिली पेयरिङ’ नामक नयाँ फिचर सुरु गरेको छ। उक्त फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर–किशोरी) को टिकटक खातालाई आफ्नै खातासँग जडान गरी विभिन्न सुरक्षा नियन्त्रणहरू प्रयोग गर्न सक्नेछन्।

नेपाली डिजिटल समाजमा पछिल्लो समय टिकटकका किशोर प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि भइरहेको बेला यो फिचर समयसापेक्ष कदमका रूपमा आएको छ। यसले अभिभावक र किशोरबीच सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी संवादको ढोका खोलेको छ।

फिचरको सहायताले अभिभावकले किशोर युजरको फोन नछोइकनै उनीहरूको स्क्रिन टाइम सीमित गर्न, मेसेजिङ तथा कमेन्ट सुविधा नियन्त्रण गर्न, कन्टेन्ट फिल्टर गर्न, अकाउन्ट खोज्न सकिने सुविधा बन्द गर्न वा सर्च सेटीङ नियन्त्रित गर्न सक्छन्।

यो सुरक्षात्मक संयन्त्र सञ्चालन गर्न प्रयोगकर्ताले टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर ‘फ्यामिली पेयरिङ’ फिचर छानेर ‘QR कोड’ स्क्यान गर्नुपर्छ। एकचोटि खाता जोडिएपछि अभिभावकले १५ भन्दा बढी कस्टमाइज गर्न मिल्ने सुरक्षासम्बन्धी विकल्प प्रयोग गर्न सक्छन्।

टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति प्रमुख फिरदौस मोत्तकिनका अनुसार, “नेपालमा दर्ता भएको प्लेटफर्मको रूपमा हामी सुरक्षित र सकारात्मक डिजिटल अनुभव सुनिश्चित गर्न सरकार र सरोकारवालासँग मिलेर काम गरिरहेका छौं।”

साथै, यो फिचर देशभर पुर्याउने उद्देश्यसहित टिकटकले नेपालका चर्चित सेलिब्रिटी तथा डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान समेत सञ्चालन गरिरहेको छ। यो अभियान मिडिया, सामाजिक सञ्जाल र आउटडोर विज्ञापनमार्फत सार्वजनिक हुँदैछ।

प्रविधिको उपयोग किशोर पुस्ताको जीवनशैलीमा अत्यन्त प्रभावशाली बनिरहेको अवस्थामा, यो फिचरले उनीहरूको मानसिक स्वास्थ्य, गोपनीयता र डिजिटल भलाइलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। यो केवल एक प्रविधि सुविधा मात्र नभई, नेपाली परिवारका लागि डिजिटल सहजीकरण र नियन्त्रणबीचको सन्तुलन खोज्ने प्रयास पनि हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार