असार २३, २०८२ सोमबार July 7, 2025

गण्डकी कप महिला फुटबल आगामी असारमा

प्रतियोगितामा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), सशस्त्र प्रहरी बल (एपिएफ) लगायत आठ टिमले सहभागीता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २४ वैशाख : प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार अन्तिम साता पोखरा रङ्गशालामा हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असार २८ गतेदेखि साउन ३ गतेसम्मको समय दिएको सङ्घले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको उक्त महिला फुटबल प्रतियोगितामा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), सशस्त्र प्रहरी बल (एपिएफ) लगायत आठ टिमले सहभागीता जनाउने सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिनुभयो । ‘एन्फा’को स्वीकृतिसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको उहाँको भनाइ छ । पोखरामा महिला फुटबलको गतिविधि न्यून भइरहेका बेला राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि यहाँका खेलप्रेमीसमेत उत्साहित बनेका छन् ।

महिला फुटबलको विकासलाई केन्द्रमा राखेर पहिलोपटक गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव गुरुङले बताउनुभयो । उहाँका अनुसार गण्डकीमा महिला फुटबलको गतिविधि बढाइएमा विभागीय टिमसँग प्रतिस्पर्धा गर्न सक्ने गण्डकीको आफ्नै बलियो टिम बन्नेछ ।

महिला फुटबललाई अघि बढाउनकै लागि बागमती गोल्डकपमा गण्डकीको टिमलाई सहभागी गराइएको महासचिव गुरुङले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार