श्रावण ७, २०८२ बुधबार July 23, 2025

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

जलवायु संकट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि संघले नेपाललाई सघाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन संग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए ।

रावदूत लरेन्जोले युरोपेली संघमा आबद्ध देशहरूको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए ।

नेपाललाई युरोपेली संघको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्दै उनले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली संघको साथ तथा सहयोग रहने बताए ।

हामी जलवायु संकट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि संघले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार