श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

विविध घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ वैशाख : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ ।

श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताउनुभयो ।

मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उहाँले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्याउने कार्यमा नेपाल प्रतिबद्घ रहेको उल्लेख गर्नुभयो । “जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन् बढाएको उल्लेख गर्दै यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरुबीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिमपूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार