काठमाडौँ । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मानिने प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ।
बुधबार साँझ लगनखेल बसपार्क क्षेत्रमा रहेको रथलाई भक्तजनहरूले श्रद्धा, भक्ति र मातृप्रेमको प्रतीक स्वरूप तानेर तीन पटक परिक्रमा गरेका थिए। मानिन्छ, यो रथको रुख मच्छिन्द्रनाथकी आमाको प्रतीक हो।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा गत वैशाख १८ गतेबाट सुरु गरिएको थियो।
आज शुक्रबार भने जात्राअन्तर्गत रथको माथिबाट नरियल फाल्ने परम्परागत अनुष्ठान हुनेछ, जसलाई शुभ संकेतको रूपमा लिइन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया