असार २४, २०८२ मंगलबार July 8, 2025

स्वास्थ्य बिमाको नवीकरण अनलाइनबाटै

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएस जस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिक एपमार्फत लिङ्क गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्ड छ ।

आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको एक महिनाभित्रै सेवा लिन सकिने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ । यो भन्दा पहिले दर्ता गरेको तीन महिनाभित्र सेवा लिन सक्ने व्यवस्था थियो ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि कार्यान्वयनमा अभ्यासमा आएको थिएन । नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिनुभयो ।

हाल एजेन्टमार्फत मात्र बिमा नवीकरण गरिने व्यवस्था छ । यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार