असार २२, २०८२ आइतबार July 6, 2025

महिला टी-२० विश्वकप एसिया छनोट: नेपाल र हङकङबीचको खेल रद्द

नेपालले दोस्रो खेलमा आज शनिबार बहराइनसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ ।

नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।

गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन । वर्षाकै पनि पुर्वानुमान रहेको अवस्थामा मैदान पनि तयार नभएपछि खेल रद्द भयो ।

नेपालले दोस्रो खेलमा आज शनिबार बहराइनसँग खेल्ने छ । उक्त खेल तेरथाइ क्रिकेट मैदानमा हुनेछ । आजै भएको पहिलो खेलमा थाइल्याण्डले कुवेतलाई हराएको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार