असार २२, २०८२ आइतबार July 6, 2025

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक विजेता खेलाडी सम्मानित

नन्जय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २७ गते । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुबेरप्रकास सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीहरूलाई सम्मानित गर्नुभयो ।

सबै खेलाडीलाई जनही दस हजार रुपियाँ, मायाको चिनो र प्रमाणपत्रसहत सम्मान गएिको हो । स्ट्याग च्याम्पियन्स नौ पटक लगातार राष्ट्रिय टेबलटेनिस च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु–१९ खेलाडीद्वय गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ उमेर समूहमा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो ।

दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु–१९ ब्वाइज टिममा स्वर्ण, यु–१९ ब्वाइज डबल्स्मा रजत तथा यु–१९ ब्वाइज एक र यु–१९ मिक्स डबल्समा कांश्य पदक जितेका थिए । यसैगरी प्रवेशले यु–१९ ब्वाइज टिममा स्वर्ण र यु–१९ ब्वाइज डबल्समा रजत पदक हासिल गर्नुभयो ।

शुभश्रीले यु–१५ गल्र्स डबल्स्मा रजत र यु–१५ गल्र्स एकल र यु–१५ गल्र्स टिममा कांश्य पदक नेपाललाई दिलाउनुभयो । प्राज्नाले यु–१५ गल्र्स डबल्स्मा रजत र यु–१५ गल्र्स टिममा कांश्य तथा सुरम्याले यु–१५ गल्स टिममा काश्य पदक जित्नुभएको हो ।

गनन्जय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार