असार २२, २०८२ आइतबार July 6, 2025

महिला टी–२० विश्वकप : नेपालले बहराइनलाई ९ विकेटले हरायो

बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ‌ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हराएको छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो । बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ‌ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् ।

वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् ।

पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार