श्रावण ६, २०८२ मंगलबार July 22, 2025

“प्रकृति सिंगारी विकास गरौँ, मुलुक उच्च जोखिममा छ” – पूर्व राष्ट्रपति भण्डारी

राज्यका सबै अंगहरू सक्रिय र जिम्मेवार हुन जरुरी रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २७ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक तथा भूराजनीतिक दृष्टिले उच्च जोखिममा रहेको भन्दै राज्यका सबै अङ्गहरू योजनाबद्ध, न्यायपूर्ण र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ।

काठमाडौँमा मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर होइन, सिंगारेर विकासको बाटो समाउनु आवश्यक रहेको बताउनुभयो। “राज्यका सबै अंगहरू सक्रिय र जिम्मेवार हुन जरुरी छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा जलवायु तथा वातावरण नीति विश्लेषक अर्जुन ढकालले नेपालको जलवायु संकटबारे प्रस्तुति राख्दै हिमालयन मुलुकहरूको नेतृत्व गर्दै नेपालले जलवायु विषयमा अन्तर्राष्ट्रियकरण गर्न सक्ने सम्भावना औंल्याउनुभयो। “सगरमाथा संवाद जस्ता पहलहरूको प्रभावकारिता अझ बढाउनु पर्छ,” उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी विभिन्न वैज्ञानिक, प्राध्यापक र सांसदहरूले जलवायु विज्ञान र समाजलाई एकैसाथ अघि बढाउँदै जलवायु अनुकूलनमा जनसहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।

मदन भण्डारी फाउन्डेशनले कार्यक्रममा संकलित सुझाव र निष्कर्षहरू सगरमाथा संवाद कार्यक्रमलाई औपचारिक सुझावस्वरूप पेस गरिने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार