श्रावण २०, २०८३ बुधबार August 5, 2026

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ ।

मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन् । “सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो”, मृतकका श्रीमान् सन्त यादवले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो । यतिबेलासम्म ढिलो भइसकेको थियो, विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतिको मृत्यु भयो ।

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशङ्कर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार