श्रावण ६, २०८२ मंगलबार July 22, 2025

संवैधानिक नियुक्ति विवादमा आजदेखि सर्वोच्चमा सुनुवाइ

संवेदनशील मुद्दामा पुनः सुनुवाइ सुरु भएपछि त्यसले संवैधानिक नियुक्तिको वैधतामाथि गम्भीर असर पार्न सक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २८ । संवैधानिक आयोगमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनुवाइ सुरु भएको छ।

चार वर्षदेखि निर्णयविहीन अवस्थामा पेन्डिङ रहेको उक्त मुद्दालाई संवैधानिक इजलासले पुनः कार्यसूचीमा राखेर हेर्दाहेर्दैमा राख्दै आएको थियो। अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर गरिएको सो रिट संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत २०७७ साल मंसिर ३० गते गरिएको नियुक्तिको वैधता विषयमा हो।

उक्त नियुक्तिका बेला सरकारको निर्णय विवादास्पद बनेको थियो र त्यसपछि न्यायिक प्रक्रियामा ल्याइएको थियो। गत माघदेखि सुनुवाइ प्रक्रिया सुरु भए पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको बेलायत भ्रमणका कारण केही समयका लागि स्थगित भएको थियो। अब उक्त संवेदनशील मुद्दामा पुनः सुनुवाइ सुरु भएपछि त्यसले संवैधानिक नियुक्तिको वैधतामाथि गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार