श्रावण ७, २०८२ बुधबार July 23, 2025

यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक

जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् ।

आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् ।

‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

उनका अनुसार यी हुन ६ बिधेयक जो यसै अधिवेसनवाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार,

१,    वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक

२,    संघीय निजामती सेवासम्बन्धी विधेयक

३,    नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक

४,    विद्यालय शिक्षा विधेयक

५,    नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक

६,    नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया