असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान

आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ वैशाखः प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ ।

जङ्गीअड्डा परिसरमा यही वैशाख २१ देखि सञ्चालित उक्त प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका छन् ।

प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ, स्वस्तिका विष्ट तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो तथा पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा द्वितीय तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तृतीय हुनुभयो ।

खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए । प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार