श्रावण २०, २०८३ बुधबार August 5, 2026

राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर

पशुमा आन्तरिक र बाह्य परजीवी पत्ता लगाएर भिटामिन, मिनरल र जुकाको औषधि निःशुल्क वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

(बाँके), २८ वैशाखः राप्ती सोनारी गाउँपालिकाले पशु स्वास्थ्योपचारका लागि वडास्तरमा निःशुल्क शिविर सञ्चालन गरेको छ ।

किसानलाई सुविधाका लागि वडास्तरमै पशुस्वास्थ्य शिविर सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । वडा नं ६ फत्तेपुरको विभिन्न आठ टोलमा हाल निःशुल्क शिविर सञ्चालन भएका छन् । उहाँले राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पनि पशु शिविर कार्यक्रमको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पशु स्वास्थ्य शिविरमा वडामा रहेका सबै किसिमका पशुको स्वाथ्योपचार गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख बजेटबाट वडामा निःशुल्क पशु शिविर सञ्चालन गरिएको राप्ती सोनारी–६ का वडाध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच लाखमध्ये यसअघि रु एक लाखको बर्सिम घाँसको बीउ वितरण गरिएको र बाँकी बजेटबाट वडामा रहेका २३ वटै टोललाई समेट्नेगरी शिविर सञ्चालन गरिएको हो । यो शिविर पशु प्रवद्र्धन गर्ने उद्देश्यले राप्ती सोनारी–६ को आठ स्थानमा सञ्चालन गरिने छ ।

शिविरमा जोरैया र मोहनपुर टोलका १५१ घरधुरीले आफ्ना पशुको स्वाथ्य परीक्षण गराएको राप्ती सोनारी गाउँपालिका पशु शाखाका प्रमुख जयबहादुर कार्कीले जानकारी दिनुभयो । शिविरमा स्थानीयले गाईभैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, कुकुर, बिरालोलगायत पशुको स्वाथ्य जाँचगरी औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिकाको पशु प्राविधिक र वडाका पशु प्राविधिकलगायत पशु शाखाका कर्मचारीहरु खटिनुभएको थियो । पशुमा आन्तरिक र बाह्य परजीवी पत्ता लगाएर भिटामिन, मिनरल र जुकाको औषधि निःशुल्क वितरण गरिएको गाउँपालिका शाखा प्रमुख कार्कीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार