श्रावण २०, २०८३ बुधबार August 5, 2026

निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ७३ जनाले सेवा लिए

गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिवेणी (रुकुम पश्चिम), ३० वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् ।

वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिए ।

उनका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार