असार २४, २०८२ मंगलबार July 8, 2025

‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्दै महानगर

शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ। यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिसँग छलफल सुरिएको महानगरले जनाएकको छ।

मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि नीति निर्माण गरिने महानगर स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए। अन्य क्षेत्रमा लगानी भए पनि मानसिक स्वास्थ्य क्षेत्र प्राथमिकतामा नभएकाले यसलाई महानगरले नीतिबाटै सम्बोधन गर्न लागेको उनले बताए। ‘स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा मानसिक समस्याको पहिचान गर्ने, निदान र उपचार गर्ने योजना बनाइएको छ। आउँदो आर्थिक वर्षदेखि वडाहरूमा सेवा प्रवाह थाल्ने छौँ’, महर्जनले भने।

महानगरका स्वास्थ्य सल्लाकार डा मणिन्द्र गोर्खालीले विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर हाल देखिएका मानसिक स्वास्थ्य समस्या र आगामी दिनका सम्भावित जोखिम पूर्वानुमान गरेर नीति तर्जुमा गरिने बताए। महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले, शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा काम भइरहेको बताए। अब तर्जुमा गरिने मानसिक स्वास्थ्य नीतिमा रुपान्तरित व्यक्ति, परिवार, समाजको अवस्था र व्यवस्था, उमेरजन्य परिस्थितिजस्ता पक्ष समेट्नेगरी नीति तर्जुमा गर्ने तयारी रहेको उनले जानकारी दिए।

सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या हुने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार