श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्दै महानगर

शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ। यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिसँग छलफल सुरिएको महानगरले जनाएकको छ।

मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि नीति निर्माण गरिने महानगर स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए। अन्य क्षेत्रमा लगानी भए पनि मानसिक स्वास्थ्य क्षेत्र प्राथमिकतामा नभएकाले यसलाई महानगरले नीतिबाटै सम्बोधन गर्न लागेको उनले बताए। ‘स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा मानसिक समस्याको पहिचान गर्ने, निदान र उपचार गर्ने योजना बनाइएको छ। आउँदो आर्थिक वर्षदेखि वडाहरूमा सेवा प्रवाह थाल्ने छौँ’, महर्जनले भने।

महानगरका स्वास्थ्य सल्लाकार डा मणिन्द्र गोर्खालीले विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर हाल देखिएका मानसिक स्वास्थ्य समस्या र आगामी दिनका सम्भावित जोखिम पूर्वानुमान गरेर नीति तर्जुमा गरिने बताए। महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले, शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा काम भइरहेको बताए। अब तर्जुमा गरिने मानसिक स्वास्थ्य नीतिमा रुपान्तरित व्यक्ति, परिवार, समाजको अवस्था र व्यवस्था, उमेरजन्य परिस्थितिजस्ता पक्ष समेट्नेगरी नीति तर्जुमा गर्ने तयारी रहेको उनले जानकारी दिए।

सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या हुने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार