श्रावण २०, २०८३ बुधबार August 5, 2026

प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनु पर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ।

स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा परिवर्तन बरालले जानकारी दिए। अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।

गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल गएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा बरालले बताए। उनले भने, ‘गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन।’

अस्पतालमा ‘सर्जन’ नहुँदा दैनिक कम्तीमा एक जनालाई बाहिर पठाउनु बाध्यता छ। आवश्यकताका लागि विज्ञापन प्रकाशित गरे आवेदन नपरेको डा बरालले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार