३१ वैशाख, काठमाडाैँ । नेपाली क्रिकेटको राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् ।
बुधबार फेसबुक मार्फत लामिछानेले क्यानको केन्द्रीय सम्झाैताबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन् ।
सन्दीपले व्यक्तिगत र व्यवसायिक कारणले क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्न चाहेको उल्लेख गरेका छन् । उनले क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि नेपालको लागि भने उत्तिकै लगनशीलताका साथ खेल्ने बताएका छन्। सन्दिपले धेरै सोच विचार गरेर क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया