असार २२, २०८२ आइतबार July 6, 2025

कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौं महानगर फाइनलमा

बिजेता टिमले नगद५ लाख रुपियाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाखसहित ट्रफी पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ३१ गते । कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।

गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (बुधबार) भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार दुई गोल गर्नुभएको थियो । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।

सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’ का विजेताहरु आयोजक गोदावरी नगरपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिका बिच हुनेछ ।

भोली आयोजक गोदावरी र काठमाडौँको दक्षिणकाली नगरपालिकाबिच खेल सेमिफाइनल खेल हुँदैछ । यस खेलका विजेता टीम र काठमाडौँ महानगरपालिकाको टीमबिच आउँदो शुक्रबार फाइनल खेल हुने तालिका छ ।

गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत महानगरपालिकाको पहिलो खेल चाँगुनारायण नगरपालिकासँग भएको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले  ५–० गोलले पराजित गरेको थियो । यस खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि एक÷एक गोल दिलाउनुभएको थियो । समूह बि मा रहेको महानगरपालिकाले दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले एक गोल गर्नुभएको थियो ।

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु  प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गर्नुभएको छ ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् ।

यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।

प्रतियोगिताको बिजेता टिमलाई नगद पाँच लाख रुपियाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाखसहित ट्रफी प्रदान गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार