मुद्दामा कांग्रेस सांसद मोहनबहादुर बस्नेत, पूर्व कानून सचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्व अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, र अन्य उच्च अधिकारीहरू संलग्न छन्।
लेबनानी कम्पनी भेनराइजसँग उपकरण खरिद सम्झौता गर्दा उपकरणको मूल्य अत्यधिक देखाइएको, योजनाबिना कोष खर्च गरिएको र प्रक्रियागत अनियमितता भएको अख्तियारको ठहर छ।
दुई वटा ल्यापटपको मूल्य प्रतिगोटा ५० हजार अमेरिकी डलर, सामान्य स्विचलाई सर्भर भनेर ७९,९०० डलर मूल्य देखाइएका थिए। भन्सारले शंका गर्दै ३२ करोड धरौटीमा सामान छाडेको थियो।
भ्रष्टाचार आरोपमा कारबाहीको माग गरिएको यो प्रकरणमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटालाई भने मुद्दा नलगाउने निर्णय भएको छ।
यस्तो छ अख्तियारले दायर गरेको आरोप पत्रको पूर्णपाठ
प्रतिक्रिया