असार २२, २०८२ आइतबार July 6, 2025

विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक

विजेताले ४९ करोड र उपविजेताले २१ लाख ६० हजार डलर पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक गरेको छ ।

आईसीसीका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ३६ लाख मिलियन अमेरिकी डलर अर्थात् ४९ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् । यो पुरस्कार रकम यसअघिको संस्करणभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ र २०२३ मा विजेताले १६ लाख मिलियन डलर पुरस्कार पाएका थिए ।

यस्तै यस संस्करणको उपविजेताले २१ लाख ६० हजार डलर पुरस्कार पाउने भएका छन् । यसअघिका संस्करणमा उपविजेताले ८ लाख डलर पुरस्कार पाएका थिए ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनपिशको फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ । उपाधि प्रतिस्पर्धाका लागि दुवै देशले टोली घोषणा गरिसकेका छन् ।

सन् २०१९ देखि शुरू भएकाे प्रतियाेगिताकाे पहिलाे संस्करण न्युजिल्यान्डले जितेकाे थियाे भने दाेस्राे संस्करण अस्ट्रेलियाले जितेकाे थियाे । दुवै संस्करणमा भारत उपविजेता बनेकाे थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार