काठमाण्डौंः नेपाली काँग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) खरिद प्रकरणमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा तत्काल पद स्वतः निलम्बन हुने व्यवस्था छ। सोही प्रावधानअनुसार मुद्दा दायर भए लगत्तै बस्नेतको सांसद पद निलम्बन भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
मौलिक मिडिया हाउस प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।
प्रधान सम्पादक:-सुरन कार्की
कार्यकारी सम्पादक:- विन्दु वास्तोला
सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६-७७
इमेल:- [email protected]
सम्पर्क:- 9801203649/9847041003
प्रतिक्रिया