असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल

सरकार परिवर्तनबारे काँग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

बैठकपछि उनले भने, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढंगले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो ।”

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिएका थिए ।

सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पारे । उनले सरकार परिवर्तनबारे काँग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गरे ।

अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधि सभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताए ।

बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली काँग्रेस ओखलढुंगा र तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति महेश कर्मोचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार