काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजीर मियाँले चौधरीलाई आइतबार शपथ गराएका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलले चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।
मुख्यमन्त्रीको सिफारिसमा चौधरी नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो ठूलो दल हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया