श्रावण २०, २०८३ बुधबार August 5, 2026

एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९

अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो ।

हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको बताइएको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो । जबकि मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ थियो । मार्च यता हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो ।

पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ । १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मईभन्दा अघिको सातामा यो दर बढेर १३.६६ प्रतिशत पुगेको बताइएको छ ।

सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना सङ्क्रमित थिए । ३ मईको अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । अर्थात्, एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो ।

अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको समयमा अस्ट्रलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ सङ्क्रमित भएका छन् । आईपीएल पुनः सुरु भए पनि सङ्क्रमित भएकै कारण उनी भारत आउन ढिला हुने भएको सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जनाएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया