काठमाण्डौंः नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
पार्टी समायोजनको क्रममा उहाँ असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति हुनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया