असार २६, २०८२ बिहिबार July 10, 2025

आन्तरिक उडानका लागि नयाँ विमान किन्ने योजनामा वायुसेवा निगम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अर्बौं रुपैयाँ लागतमा किनिएका चिनियाँ जहाजको उडान हालै बन्द गरेको नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि पाँचओटा नयाँ जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भन्दै निगमले व्यापारिक योजना (बिजनेश प्लान) तयार पारेर सरोकारवाला पर्यटन मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।

आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने उद्देश्यसहित पर्यटन मन्त्रालयमा बिजनेश प्लानसहितको प्रस्ताव पेश गर्ने तयारी भएको निगमले जानकारी दिए पनि ग्राउन्डेड चिनियाँ विमान के गर्ने भन्ने टुंगो उक्त योजनामा समेटिएको छैन ।

यसबारे मन्त्रालय र निगमका उच्च अधिकारीहरू आन्तरिक उडानमा बलियो उपस्थिति जनाउन नयाँ विमान किन्न लागिएको स्पष्टीकरण मात्र दिन्छन् । पहिलो चरणमा पाँचओटा नयाँ विमान किन्ने बिजनेश प्लानसहित मन्त्रालयसँग करीब रू.७ अर्ब बजेटको प्रस्ताव लैजाने तयारी भएको निगमका कार्यकारी अध्यक्ष घिमिरेले बताए । यसअघि किनिएका चिनियाँ विमानका कारण निगमलाई आर्थिक रूपमा घाटा लागेपछि नयाँ विमान किन्ने बिजनेश प्लानसहित प्रक्रिया अगाडि बढाइएको घिमिरेले जानकारी दिए ।

पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका विमानका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका चिनियाँ जहाजको उडान साउन १५ गतेबाट बन्द गर्ने निर्णय गरेको थियो । हाल निगमसँग चारओटा वाई–१२ र २ ओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज छन् । अहिले निगमसँग आन्तरिक उडानका लागि दुईओटा ट्वीनअटर जहाज मात्रै उडान भर्नयोग्य छन् भने अर्को मर्मत मा रहको छ । मर्मतमा रहेको विमान बनेपछि निगमले तीनओटा ट्वीनअटरमार्फत आन्तरिक उडान गर्नेछ ।

आन्तरिक उडानमा निगमको उपस्थिति कमजोर रहेकाले थप विमान किनेर उपस्थिति बलियो बनाउन नयाँ योजना अगाडि सारिएको अध्यक्ष घिमिरेले बताए । ‘निजीक्षेत्रका विमान सेवा कम्पनीहरू जहाँ बढी नाफा देख्छन्, त्यहाँ सेवा दिन तयार हुन्छन् । त्यो स्वाभाविक पनि हो । उनले भने, ‘तर, निगमसँग सामाजिक उत्तरदायित्व पनि जोडिएको छ ।
दुर्गम क्षेत्रमा सेवा दिएर आन्तरिक उडानमा बलियो उपस्थिति देखाउन नयाँ जहाज खरीद आवश्यक छ ।’

अध्यक्ष घिमिरेका अनुसार बिजनेश प्लान बनाउन समिति गठन गरी आवश्यक कामहरू भइरहेका छन् । समितिले जहाजको मोडल, सीट क्षमता र रूटलगायत आवश्यक व्यावसायिक योजना तयार पारिरहेकाले छिट्टै मन्त्रालयमा बिजनेश प्लान पेश गरिने घिमिरेले जानकारी दिए ।

निगम सञ्चालक समितिले चिनियाँ विमान उडानबाट निरन्तर घाटा भएको भन्दै उडान बन्द गर्नुपर्ने सुझाव पर्यटन मन्त्रालयलाई दिएको थियो । तर, मन्त्रालयले चिनियाँ विमानको उडान सेवा बन्द गर्ने निर्णयबारे थप पुस्ट्याइ माग गरेको अध्यक्ष घिमिरेले बताए ।

चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नु परेको छ । ‘उडान बन्द गरिएका चिनियाँ विमान राज्यकै सम्पत्ति भएकाले यसबारे सरकारले नै निर्णय गर्नेछ,’ घिमिरेले भने ।

आन्तरिक उडानमा करीब ३ प्रतिशत मात्रै बजार अंश ओगटेको निगमले चिनियाँ जहाजको उडान पनि बन्द भएपछि त्यो अंशसमेत गुमाउनेछ । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार