श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मधेशमा मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवको शपथ

नयाँ मन्त्रिपरिषदमा अब १२ सदस्यीय मन्त्रीहरू रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषदमा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा हिजो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी छन् । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नयाँ मन्त्रिपरिषदमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन् ।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसकेका छन् भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए ।

यसअघि पनि दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो । पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएर नयाँ पठाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार