काठमाडौँ । चीन भ्रमणमा रहनु भएका नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र चीनको राष्ट्रिय वन तथा घाँसे मैदान मन्त्री लिउ गुओहोङबिच भेटवार्ता भएको छ ।
सोशिक्रममा मन्त्री शाहीले नेपाल र चीनको पुरानो, मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको साथै चीन घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिएको बताउनुभयो ।
नेपाल सधैं एक(चीन सिद्धान्तको समर्थनमा छ र सधैं त्यसप्रति प्रतिबद्ध र दृढ रहने विश्वास व्यक्त गर्दै हामी नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति चीनको सम्मानको कदर रहिरहँने उहाँको भनाई छ ।
नेपाल सरकारले जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यको विषयवस्तुमा सगरमाथा संवाद (चोमोलुङमा संवाद) मा चिनियाँ विज्ञान प्रतिष्ठानका विज्ञहरूसँगै चीनबाट उच्चस्तरीय सहभागिता रहेकोमा धन्यवाद दिनु भएको छ ।
यस्तै, मन्त्री शाहीले वन आधारित सुगन्धित उद्योगहरू स्थापना गर्न, काठ प्रशोधन, बाँस र बेत उत्पादनहरू विकास, वन्यजन्तु खेती, नेपालका विभिन्न भागहरूमा प्रशोधन उद्योगहरू बढाउन विशेष गरी वन(आधारित साना र मध्यम आकारका उद्यमहरू स्थापना गर्न र भक्तपुरको सूर्यविनायकमा चिडियाखाना स्थापना गर्न , काठमाडौँको जावलाखेलमा अवस्थित केन्द्रीय चिडियाखानाले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यानको रूपमा परिकल्पना गरिएको र वन्यजन्तु संरक्षण, अनुसन्धान र सार्वजनिक शिक्षाको लागि आधुनिक केन्द्रको रूपमा काम गर्ने भएकोले सहयोगको प्रस्ताव राख्नु भएको छ ।
यस्तै, उहाँले जलवायु परिवर्तनको अनुसन्धान सञ्चालनमा चिनियाँ विज्ञान प्रतिष्ठान र विशेष गरी तिब्बती अनुसन्धान संस्थानको संयुक्त सहयोग र नेपाली विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गरेकोमा चीन सरकार लाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, चीनको वनमन्त्री गुओहोङलाई नेपाल भ्रमणका लागी निमन्त्रणा गर्नु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया