श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रविलाई थुनामा राख्ने सर्वोच्चको आदेश

मुद्धाको फैशला नभएसम्म रवि जेलमै रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार उनलाई रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश सदर गर्दै सर्वोच्च अदालतको डा.नकहकुल सुवेदी तथा बालकृष्ण ढकालको संयुक्त इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्।सहकारी रकम ठगी गरेको अभियोगमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनकी पत्नी निकिता सर्वोच्च पुगेकी थिइन्। उच्च अदालत बुटवलको आदेश आएलगत्तै प्रहरीले रविलाई चैत २२ गते काठमाडौँको बुढानिलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो। हाल उनी थुनुवाका रूपमा रूपन्देही कारागारमा छन्।

सहकारी ठगी प्रकरणमा रविलाई एक करोड धरौटीमा छाड्न जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

न्यायाधीशद्व रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले दिएको आदेश बदर गरेर लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो।बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन्।

बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएर आदेश आउने भएपछि ठूलो संख्यामा रास्वपाका कार्यकर्ताहरू सर्वोच्च अदालत र रूपन्देही कारागारअगाडि भेला भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार