कार्तिक २५, २०८३ बुधबार November 11, 2026

वास्तविक धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य

स्रोत परिचालन तथा प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, जेठ १० गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग गहन छलफल गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो ।

‘‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन । तर हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउने छौं, जसले प्रदेशलाई लयमा अगाडि बढाउने छ ।’’ उहाँले भन्नुभयो, ‘‘विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजान प्रदेश सरकार आँटका साथ अघि बढ्ने प्रयासमा छ ।’’

मुख्यमन्त्री आचार्यका अनुसार आगामी वर्षको बजेटमा नयाँ योजनाभन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने छ । उहाँले भन्नुभयो,‘‘हामी सकेसम्म नयाँ योजना बनाउने पक्षमा छैनौं । पूरा हुन नसकेका, अधुरा योजनाहरूलाई सम्पन्न गर्ने विषय सरकारको प्राथमिकतामा पर्छ । समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात गरेर बजेट निर्माण हुने छ ।’’

उहाँले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।

अन्तर्क्रिया कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल हुनुपर्ने, प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्ने लगायतका सुझावहरू दिएका छन् ।

मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रदेश सरकारले दोस्रो आवधिक योजनाले लिएका क्षेत्रगत प्राथमिकता, नीति तथा कार्यक्रम, बहुवर्षीय स्रोत सुनिश्चितता भएका योजनाहरू समयमै सम्पन्न गर्नेजस्ता विषयलाई ध्यानमा राखेर बजेट विनियोजनको प्राथमिकता निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशको क्षेत्राधिकारभित्रका योजनाहरू, नेपाल सरकार तथा स्थानीय तहसँग दोहोरो नपर्ने गरी तयारी गरिएको बजेट तथा कार्यक्रममा समेटिने पनि बताउनुभयो । बजेट खर्च गर्ने क्षमतामा वृद्धि भइरहेको र स्रोत परिचालन तथा प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको कुरामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा बजेटको प्राथमिकता निर्धारण गरिनुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ लगायतका क्षेत्रमा प्राथमिकता दिनुपर्ने, बहुआयामिक गरिबी घटाउने उद्देश्यसहित नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझावहरू राखिएका थिए ।

उत्पादनमूलक उद्योग र कृषि उत्पादन वृद्धि, सामाजिक दृष्टिले प्रभाव पार्ने खानेपानी सुविधा, सरसफाइ तथा शौचालय प्रयोगको अवस्था सुधार, मातृ मृत्युदर घटाउने, साक्षरता दर वृद्धि, विद्यालय छाड्ने दर घटाउने, कुपोषण र रक्तअल्पता न्यूनीकरणमा बजेटले प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा अघिल्ला वर्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरू आगामी वर्ष दोहोरिन नदिने गरी तयारी गरिएको पनि जानकारी दिइएको छ । १० लाखभन्दा कम बजेट भएका योजना धेरै हुनु, बहुवर्षीय योजनाको सङ्ख्या बढ्दै जानु, अधुरा योजना धेरै हुनु, बजेट अनुमान र यथार्थबिच अन्तर धेरै हुनु, बजेटको आकार ठुलो हुनु, आन्तरिक आयको दायरा साँघुरो हुनु र चालू खर्च निरन्तर बढिरहेको विषयलाई चुनौतीको रूपमा लिँदै सुधारको योजना निर्माणमा सरकारले ध्यान दिएको बारेमा जानकारी गराइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार