बैसाख १६, २०८३ बुधबार April 29, 2026

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १० गते । नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षणमा रहेका खेलाडीबाट एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा पुराना खेलाडीलाई नै समावेश गर्नुभएको छ ।

नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुनेछ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

नेपाली महिला टोली

गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।

रक्षक : अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई ।

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ ।

स्ट्राईकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया