श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘स्वास्थ्य पनि विकास हो’ : सुदूरपश्चिममा नीति र पहुँचमाथि बहस, सुधारको आशा

सरकारी सेवाको गुणस्तर वृद्धिका साथै निजी क्षेत्रको नियमनको आवश्यकतामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । “भौतिक पूर्वाधारमात्र विकास हो कि स्वास्थ्य पनि विकास हो?” भन्ने प्रश्नसहित सुदूरपश्चिममा आयोजित स्वास्थ्य मिडिया संवादले गम्भीर बहस जन्माएको छ। कार्यक्रममा सहभागिहरूले स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र नीति निर्माणमा गहिरो संवाद गर्दै सुधारको माग उठाएका छन्।

सामाजिक विकासमन्त्री खड्काले भारतमा उपचारको निर्भरता कम हुन थालेको दाबी गर्दै दुर्गममा चिकित्सक पुर्‍याउने चुनौती स्वीकार गरेका थिए। अर्कातर्फ, प्रदेशसभा सदस्य लक्ष्मी विकले स्वास्थ्यलाई विकासको मूल अंग बनाइनु पर्ने बताइन्।

सेती प्रादेशिक अस्पताल, निजी अस्पताल, स्वास्थ्य निर्देशनालय र नागरिक समाज प्रतिनिधिहरूले पनि आफ्ना अनुभव र सुझाव राख्दै सरकारी सेवाको गुणस्तर वृद्धिका साथै निजी क्षेत्रको नियमनको आवश्यकतामा जोड दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया