श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसईई पास भएकालाई टेलिकमको निशूल्क सिमः ३ जीबी डेटासँगै अन्य सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारी स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एसईई पास भएका विद्यार्थीहरुलाई निशूल्क सिम उपलब्ध गराउने भएको छ । टेलिकमले विशेष सुविधा सहित निशूल्क नयाँ सिम उपलब्ध गराउने भएको हो ।

यो नयाँ सिममा ३० दिनसम्म प्रत्यके दिन सय एमबी डेटा, १० मिनेट भ्वाइस प्याक र पाँचवटा एसएमएस सुविधा प्राप्त गर्न सकिने छ ।

यससँगै ५० रुपैयाँ भन्दा माथिको प्रत्यके रिचार्जमा एकवर्षसम्म ०.५ जीबी डेटा, ५० मिनेट भ्वाइस र ५० वटा एसएमएस सुविधा पाउन सकिने छ । साथै अहिले नेपाल टेलिकमले सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले पनि प्रत्येक दिनको सुविधा ३० दिनसम्म लिन सक्ने छन् ।

नयाँ सिम लिन टेलिकमको नजिकको कार्यालय जानुपर्ने हुन्छ । साथै निशूल्क सिम प्राप्त गर्न एसईई परीक्षाको आईडी, फोटो र सम्बन्धित विद्यार्थी वा अभिभावकको आईडी हुन जरुरी छ ।

यो भन्दा अगाडी टेलिकमको सिम प्रयोग गर्नेले *१६००# डायल गरी प्रत्येक दिनको अफर सुचारू गर्न सक्ने छन् । साथै अनलाइन कक्षाको लागि ईशिक्षा प्याकेज पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । आईसीटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार