मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘याक अट्याक’ साइकिलिङ प्रतियोगिता सुरु

प्रतियोगितामा विभिन्न सात राष्ट्रका तीन जना महिलासहित २१ जनाको सहभागीता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, जेठ १२ गते । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ साइकलिङ प्रतियोगिता सुरु भएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट सुरु भएको प्रतियोगिता आठौं दिनमा पोखरा पुगेर टुङ्गिनेछ ।

आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अनुसार प्रतियोगितामा विभिन्न सात राष्ट्रका तीन जना महिलासहित २१ जना सहभागी छन् । सहभागीहरू अमेरिका, अस्ट्रेलिया, ब्रिटिश, इटाली, जर्मनी, बेल्जियमका साथै भारतीय सेना र नेपालका छन् ।

प्रतियोगीमा नेपाली १३ जना र अन्य विदेशी हुन् । महिला सहभागीमध्ये एकजना अमेरिकन र दुईजना नेपाली रहेको साइकल कल्चर कम्युनिटी काठमाडौंका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक अजय पण्डित क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगी टोलीले मनाङ, मुस्ताङ हुँदै पोखरासम्मको दुईसय ३० किलोमिटर दूरी पूरा गर्नेछ । आठौं दिन पोखरामा पुगेर यो दौडको समापन हुने आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अध्यक्ष तारालाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता महिला र पुरुषका लागि छुट्टाछुट्टै गरिएको छ । प्रतियोगितामा महिला र पुरुष दुवैको पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा १९ वर्षदेखि ६१ वर्ष उमेर सम्मका प्रतियोगीले भाग लिएका छन् ।  प्रतियोगितामा दर्ता शुल्क वापत विदेशीसँग प्रतिव्यक्ति दुई हजार डलर र नेपालीसँग ४० हजार रुपियाँ लिएको छ भने पाँच जना साइकलका राष्ट्रिय खेलाडीलाई निःशुल्क सहभागी गराइएको छ ।

प्रतियोगीमध्ये हरेक दिनको पहिलो, दोस्रो, तेस्रोको समय तालिका टिपेर अन्तिम दिनमा कम्पाइल गरी पहिलो, दोस्रो र तेस्रोको छनौट गरिने नीति रहेको आयोजकको भनाइ छ । विगतका वर्षमा नोभेम्बरमा गर्ने यो दौड प्रतियोगिता यो वर्ष त्यो पर्यटकीय गन्तव्यको महिना भएको र सबै व्यस्त रहने हुँदा ‘मे’ महिनामा गरिएको आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका सचिव ज्ञानेन्द्र स्थापितले जानकारी दिनुभयो ।

प्रतियोगिहरु संसारकै अग्लो पाँच हजार चारसय सोह्र मिटरको उचाइमा रहेको थोराङ्ला भञ्याङ पास गर्नेछन् । ‘हाइ अल्टिच्युट’ मा नेपालीहरुको अभ्यास राम्रो भएकाले त्यसको फाइदा नेपाली खेलाडीले उठाउने गरेको प्रतियोगिताका संयोजक अजय पण्डित क्षेत्रीले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार