असार २२, २०८२ आइतबार July 6, 2025

पिएम कप भलिबलमा आज छ खेल हुँदै

१५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माछापुच्छ्रे(कास्की), जेठ १३ गते । प्रतियोगितामा मङ्गलवार पुरुषतर्फ ४ खेल र महिलातर्फ दुई खेल हुँदै छन् । महिलातर्फ कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबिच तथा न्यु डायमन्ड स्पोर्टस् क्लब र एपिएफ क्लबबिच हुनेछ ।

कर्णाली र आर्मी दुवै प्रतियोगिताबाट बाहिरिइसेका छन् । पुरुषतर्फ एपिएफ र कोशी प्रदेश, मणिमुकुन्द र सुदूरपश्चिम, गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल तथा नेपाल पुलिस क्लब र त्रिभवन आर्मी क्लबबिच हुनेछ ।

१५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया