असार २४, २०८२ मंगलबार July 8, 2025

धुलिखेल अस्पतालमा कोभिड-१९ पुष्टि, गर्भवती र सुत्केरी संक्रमित

धुलिखेल अस्पतालमा सुत्केरीका लागि विशेष सुरक्षा उपाय लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। भारतमा कोभिड १९ फैलिएसॅंगै नेपालको काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालमा पनि एक सातादेखि गाइनियो वार्डमा भर्ना भएका गर्भवती तथा सुत्केरीमा समेत कोभिड १९ प्रमाणित भएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारका अनुसार कोभिड -१९ प्रमाणित भएका बिरामीलाई पहिला जस्तै सुरक्षा अपनाएर माक्स लगाउने, स्यानिटाइजरले हात सफा गर्ने र छुट्टै कोठामा राखी उपचार गरिएको छ । राउण्डमा पनि २ जना मात्र जाने लगायतका सुरक्षा अपनाएको छ ।

यो कुन भेरियन्ट हो भन्ने प्रमाणित भएको छैन । सकेसम्म बिरामी र आफन्तलाई सुरक्षा अपनाउन सल्लाह दिएका छौँ  । यसका साथै कोभिड १९ सङ्क्रमितलाई छिटो डिस्चार्ज गरी घरमै सुरक्षा अपनाउन सल्लाह दिएको डा. ताम्राकारले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार