श्रावण ५, २०८२ सोमबार July 21, 2025

विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

राजनीतिक प्रणालीमाथि प्रश्न आउन नदिन सरकार जनताका आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले वर्तमान सरकारका साझेदार दलले गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम भएको बताउनुभयो ।

उहाँले अहिलेको राजनीतिक प्रणालीमाथि प्रश्न आउन नदिन सरकार जनताका आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो । राजनीतिक मूल्य र मान्यता एवं सैद्धान्तिक आधार गुमाएका राजसंस्था कुनै पनि हालतमा फर्केर आउन नसक्ने उहाँको भनाइ छ । सरकार रोजगारी सिर्जना गर्न, उद्यमशीलताको विकास गर्न दत्तचित भएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले स्वरोजगारका निम्ति युवालाई बैंकमार्फत बिनाधितो क्रृण प्रवाह गर्ने योजना बनाएको स्पष्ट पार्दै कोशी प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनबाट राष्ट्रिय पुँजी निर्माण हुने, आर्थिक गतिविधि बढ्ने र रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गणतन्त्रमा नागरिकको अधिकार सुनिश्चित भई अल्पसङ्ख्यक, सीमान्तकृत वर्गको अधिकार सुरक्षित भएको उल्लेख गर्नुभयो । उहाँले संविधानप्रदत्त अधिकारलाई आम नागरिकको घरदैलोसम्म पु¥याउन प्रदेश संंरचनालाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उप महासचिव प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं संविधानसभा सदस्य हरिबोल गजुरेलले टिप्पणी गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया