असार २२, २०८२ आइतबार July 6, 2025

एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा

प्रत्येक समूहका विजेता र चार उत्कृष्ट उपविजेता टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगितामा स्थान बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ जेठ । एएफसी यु–२३ एसियन कप छनोटमा नेपाल समूह ‘के’ मा परेको छ ।

एसियन फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरको ‘ड्र’ अनुसार नेपालको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्सको टिम रहेका छन् । यो समूहको खेल ताजकिस्तानमा हुनेछ ।

छनोट प्रतियोगितामा ४४ टोली सहभागी रहने छन् । यी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।

प्रत्येक समूहका विजेता र चार उत्कृष्ट उपविजेता टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगितामा स्थान बनाउने छन् । आयोजक राष्ट्र साउदी अरेबिया भने सीधै छनोट भइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया