श्रावण ५, २०८२ सोमबार July 21, 2025

उपत्यकामा जेठ १८ गते सार्वजनिक बिदा

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा लागू हुनेगरी बिदा घोषणा गरिएको हो।

मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि मिति २०८१ साल जेठ १८ गते आइतबारको दिन काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय नेपाल राजपत्रमा मिति २०८१/१/१५ गते प्रकाशित सूचनाअनुसार गरिएको हो।

सो निर्णय मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गरिँदै आएको परम्परा अनुरूप गरिएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया