मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एफसी यू–२३ एसियन कपको समूह ‘के’ मा नेपाल

नेपालसहित समूह ‘के’ मा ताजाकिस्तान, सिरिया र फिलिपिन्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ ।

बिहीबार एसियन फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ४४ राष्ट्र सम्मिलित छनोट प्रतियोगिताको समूह तालिकामा नेपाल समूह ‘के’ मा परेको हो ।

नेपालसहित समूह ‘के’ मा ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् । ताजाकिस्तान भने समूहको घरेलु टोली बनेको छ ।यस छनोटबाट प्रत्येक समूह विजेता र टोलीहरूमध्ये चार शीर्ष टोलीले साउदी अरेबियामा हुने एएफसी यू–२३ एसियन कप २०२६ खेल्नेछ । छनोट चरण आगामी सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछ ।

समूह ‘ए’ मा जोर्डन, तुर्किमेनिस्तान, चाइनिज टाइपाई र भुटान परेका छन् । समूह ‘बी’ मा जापान, कुवेत, म्यानमार र अफगानिस्तान छन् । समूह ‘सी’ मा भियतनाम, यमन, सिंगापुर र बंगलादेश छन् । समूह ‘डी’ मा अस्ट्रेलिया, चाइना पीआर, टिमोर–लिस्टे, उत्तर मारियाना आइल्यान्ड परेका छन् ।

त्यसैगरी समूह ‘इ’ मा उज्बेकिस्तान, प्यालेस्टाइन, कीर्गीस्तान र श्रीलंका छन् । समूह ‘एफ’ मा थाइल्यान्डसहित मलेसिया, लेबनान र मंगोलिया छ । समूह ‘जी’ मा इराक, कम्बोडिया, ओमान र पाकिस्तान छन् । समूह ‘एच’ मा कतार, बहाराइन, भारत र ब्रुनाई छन् । समूह ‘आइ’ मा युनाइटेड इमिरेट्स अरब (यूएई), इरान, हङकङ र गुआम छन् । र समूह ‘जे’ मा इन्डोनेसिया, स्वतन्त्र कोरिया, लाओस र मकाउ छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार