श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पूर्वराष्ट्रपति भण्डारी उच्च राजनीतिक भेटवार्तामा व्यस्त

चीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताको चाहना बमोजिम सहयोग गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चीनको तेह्रौ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानबीच भेटवार्ता भएको छ ।

उनीहरु बीच शुक्रबार साँझ गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको हो । भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले नेपालको विकास एवम् नेपाली जनताको सुख र शान्तिको पक्षमा चीनले बिनाशर्त सहयोग गर्दै आएकोमा धन्यवाद दिइन ।

पूर्वराष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारीहरु विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढाउन दुवै पक्ष क्रियाशल हुनुपर्ने पनि उल्लेख गरिन् ।

यसैगरी विभिन्न कारणले नेपालमा सरकार अस्थिर हुने गरे पनि जनस्तरमा सम्बन्धलाई बलियो बनाउन सके २ देशबीचको नीति र सम्बन्धमा स्थायित्व हुनसक्ने धारणा राखेका थिए ।

बुद्धको जन्मभूमि नेपाल र बुद्धका अनुयायी रहेका चीनबीचको सम्बन्धका अनेक आयाम रहेको भन्दै उहाँले बहुआयामिक सम्बन्ध र सहकार्यले एसियाली सभ्यताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानले भण्डारी नेपालको राष्ट्रपति हुँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमण र त्यसवखत सम्पन्न समझदारीले दुइदेशको सम्बन्धमा नयाँ आयाम थपेको बताए ।

उनले आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन मिलेर काम गर्नुपर्ने बताउदै चीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताको चाहना बमोजिम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जी ले सिल्क रोड परियोजना मार्फत चीन र नेपालका साथै उत्तर पश्चिम एशियालाई मध्यपूर्वसम्म जोड्न सकिने पनि बताए ।

अध्यक्ष जी बिङस्वानले स्थिर सरकार र राष्ट्रिय एकताबाटै समृद्धि हासिल गर्दै चुनौतीको सामना गर्न सकिनेमा चीन सधै विश्वस्त रहेको उल्लेख गरे । तर कुनै पनि देशको प्रणाली र सरकार कस्तो छान्ने भन्ने निर्णय गर्ने अधिकार त्यहाँका जनताकै हुनेमा आफूहरु स्पष्ट रहेको समेत उनले बताए । भेटमा पूर्व राष्ट्रपतिभण्डारी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरुका साथै चिनियाँ उच्च अधिकारीहरु सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार