श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लुम्बिनी प्रदेशलाई सबैखाले विपद् प्रतिकार्यको योजना पहिलो प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

विपद अघि, विपदको बेलामा र विपदपछि पनि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्त्वपूर्ण छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद् प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, सवारी दुर्घटनालगायतका विपदबाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री आचार्यले समाजसेवाको भावना हराउँदै जाँदा मानवीय सेवा समेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गर्नुभयो ।

उहाँले हराउँदै जान थालेको समाजसेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘समाजसेवाको भावना कता कता हराउँदै गइरहेको छ । आदर–सम्मानको भावना पनि कता–कता हराउँदै गइरहेको छ, हामीले यसलाई जबसम्म पुनःस्थापित गर्न सक्दैनौं, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुराहरू करिब–करिब मेटिँदै जान्छन ।’’

मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिनुभयो । साथै, विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा पनि उहाँले आह्वान गर्नुभयो ।

‘‘विपद अघि, विपदको बेलामा र विपदपछि पनि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्त्वपूर्ण छ,’’ मुख्यमन्त्री आचार्यले स्मरण गराउनुभयो । रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रस अभियानकर्मि, जनप्रतिनिधि लगायतको सहभागीता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार