कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

सिथि नखःको अवसरमा बिहानैदेखि सर्वसाधारण भक्तजनका लागि दर्शन गराउन बिहान ५ः०० बजेदेखि ढोका खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिथि नखः पर्वका अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीको दिन मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।

सिथि नखःको अवसरमा बिहानैदेखि सर्वसाधारण भक्तजनका लागि दर्शन गराउन बिहान ५ः०० बजेदेखि ढोका खुला गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा आरधना गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठीपारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायत पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गागणको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढी (नयाँ गहुँले मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी)समेत खाने गरिन्छ । साथै चतामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन छ ।

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार