श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डडेलधुरामा पनि गौरा र तीज समूहमा मनाउन रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो ।

नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो । तीज यही भदौ ५ गौरा भदौ १० गते परेका छन् । प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ । प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो ।

निर्णयको उल्लङ्घन हुने क्रियाकलाप कसैबाट भए गरेमा सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३०६ पुगेको छ । तीमध्ये ३०२ सङ्क्रमित डिस्चार्ज भएका छन् ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा दुई र नवदुर्गा गाउँपालिकामा दुई सक्रिय संक्रमित छन् । उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार