मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा

एकैसाथ निर्माणकार्य थालेको कास्कीको नमूना अस्पताल निर्माण सम्पन्नपछि सेवा प्रवाह दिन थालिसक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तनहुँ, १८ जेठ: व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट पहिलो चरणमा कास्की र तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माणका लागि छनोट गरेको थियो । एकैसाथ निर्माणकार्य थालेको कास्कीको नमूना अस्पताल निर्माण सम्पन्नपछि सेवा प्रवाह दिन थालिसकेको छ ।

पहिलोपटकको सम्झौता म्यादभित्र निर्माणकार्य सम्पन्न गर्न नसकेपछि दोस्रोपटक म्याद थप गरिएको प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त अवधिमा पनि सम्पन्न नभएकाले तेस्रोपटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।” गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख ८३ हजारको लागतमा भवन निर्माण गर्न सम्झौता भएको थियो ।

“हालसम्म ७० प्र्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय काम भएको छ”, कार्यालय प्रमुख अधिकारीले भन्नुभयो । पशुपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको हो । तनहुँसहित गोरखा र नवलपुर गरी तीन जिल्लाका किसानले यस अस्पतालबाट लाभ लिन सक्ने छन् । अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, यएसजी सेवा र दुई प्रयोगशालासहित २३ कोठा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार