असार २१, २०८२ शनिबार July 5, 2025

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि खेलकुद प्रतियोगिता

१० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले रु ५० हजार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही जेठ २४ गते राष्ट्रियस्तरको महिला÷पुरुष १० र १८ वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर ‘मदन भण्डारी कप खुला सडक दौड प्रतियोगिता’ हुने भएको हो ।

उक्त दौड प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्ने भएको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

संयोजक बस्नेतका अनुसार १० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार पाउनेछन् ।

त्यसैगरी, विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार पाउनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया