असार २४, २०८२ मंगलबार July 8, 2025

‘सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान-योग अत्यावश्यक’

ध्यान–योगकै माध्यमबाट आपसी एकता र विश्वाससमेत बढ्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ जेठः व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम राष्ट्रिय शुभारम्भ समारोहमा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका कला तथा संस्कृति विभाग प्रमुख चन्द्रिका दिदीले एकता र विश्वासका लागि स्वयंमाथि विश्वास गर्नुपर्ने बताउनुभयो ।

“हामीले अरुका पनि राम्रो गुण देख्नुपर्छ, यसले सम्मानभाव हुन्छ, यसले एकता बढ्छ, विश्वास र एकताले विश्व शान्तिका लागि सहयोग गर्छ,” उहाँले भन्नुभयो । व्यक्तिको जीवनमा ध्यान शक्तिशाली सूत्र भएको उल्लेख गर्दै उहाँले यसका माध्यमबाट साधक सर्वोच्च ऊर्जासँग जोडिने बताउनुभयो । ध्यान–योगकै माध्यमबाट आपसी एकता र विश्वाससमेत बढ्ने उहाँले बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्मकुमारी राज दिदीले हाल मानिसलाई सबभन्दा ठूलो आवश्यकता शान्ति भएको बताउँदै मनमा प्रेम र भ्रातृत्वको भावनाले परिवार एवं मुलुकमा शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा कला र संस्कृतिका विषयमा विज्ञको प्रस्तुति थियो । दोस्रो चरणमा राजयोगले जीवन जिउने कला सिकाउने विषयमा प्रस्तुति थियो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हरिहर शर्माले कला, संस्कृतिले मानिसको जीवनमा सुख र शान्तिको अनुभूति गराउने बताउनुभयो । यसका लागि नियमित अभ्यास आवश्यक रहेको उहाँको धारणा थियो ।

सङ्गीतकार डा टीका भण्डारीले मानिसमा सकारात्मक अनुभूतिका लागि ध्यान योगको आवश्यकता रहेको बताउनुभयो । १५ वर्ष पहिलेदेखि आफूले राजयोगको अभ्यासलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार