श्रावण ५, २०८२ सोमबार July 21, 2025

यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात ठप्प

‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई अनुमति दिने नियमावली खारेजीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यातायात व्यवसायीहरूको आन्दोलनका कारण सोमबार सार्वजनिक यातायात ठप्प भएको छ । आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यका, कोशी प्रदेशको राजधानी विराटनगर लगाएत देशभरको जनजीवन प्रभावित बनेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायातका साधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।

संगठनले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

यसैबीच, आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार